Kath khabar
पाकिस्तानमा इन्धन बोकेको भ्यान र यात्रु वाहक बस ठोक्किँदा २० जनाको मृत्यु


                  इस्लामावाद, भदौ ३ ।  पाकिस्तानको पूर्वी पञ्जाव प्रान्तको हाफिजाबाद जिल्लामा आइतबार यात्रुवाहक बस दुर्घटना हुँदा २० जनाको मृत्यु भएको छ।

यात्रुवाहक बस इन्धन बोकेको भ्यानसँग ठोक्किँदा लागेको आगोका कारण उनीहरुको मृत्यु भएको बताइएको छ। फैसलाबाद टोल प्लाजाको राजमार्गमा बिहान इन्धन बोकेको पिकअप भ्यानसँग बस ठोक्किएर आगलागी भएको थियो।

करिव ४० जना सवार उक्त बसका १५ जना घाइते भएका बताइएको छ। जसमा ३ जनाको अवस्था गम्भीर रहेको छ। उनीहरुको स्थानीय अस्पतालमा उपचार जारी छ।

दुर्घटनाग्रस्त बस दक्षिणी बन्दरगाह शहर कराँचीबाट संघीय राजधानी इस्लामावाद जाँदै थियो।

प्रकाशित मिति: आइतबार, भदौ ३, २०८०  १८:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update