काठमाडौं, भदौ ४ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणमा अवस्थित छ। साथै नेपालमा हाल भारतको उत्त्तर मध्य प्रदेश र आसपासमा रहेको न्यून चापिय क्षेत्रको समेत आंशिक प्रभाव रहेको छ । मनसुनको न्यून चापीय प्रणाली पनि सरदर स्थानभन्दा माथितिर सरिरहेकाले आज र भोलि लगातारजसो पानी पर्ने सम्भावना रहेको मौसमविदले जानकारी दिएका छन्।
हाल देशभर आंशिक देखि सामान्य बदली रही कोशी र बागमती प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ।
आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ। सबै प्रदेशका केही स्थानहरूमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती, लुम्बिनी, र सुदुरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ।
यस्तै राती देशभर आंशिक देखि सामान्य बदली रहनेछ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका एक-दुई स्थानहरुमा भारी देखि धेरै भारी वर्षाको समेत सम्भावना रहेको छ।