काठमाडौं, भदौ ४ । प्रतिनिधिसभा सदस्य तथा कांग्रेस नेता चन्द्र भण्डारी र मह जोडीबाट परिचित वरिष्ठ कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको संरक्षणमा जलन कोष स्थापना गरिएको छ ।
जनस्वास्थ्य सरोकार ट्रष्ट नेपाल र कीर्तिपुर नगरपालिकाको सहकार्यमा स्थापना गरिएको कोषमा जम्मा भएको रकमबाट सामाजिक सेवा इकाइ मार्फत कीर्तिपुर बर्न अस्पतालमा विपन्न, असहाय तथा बेवारिसे बिरामीको उपचार गरिनेछ ।
कीर्तिपुर अस्पतालमा मात्रै वार्षिक ६०० भन्दा बढी जलनका बिरामीको उपचार हुने गरेको छ । सन् २०२३ को साढे सात महिनामा ७९ जना बिरामीको मृत्यु भइसकेको तथ्यांक छ ।
कोषमा ‘बर्न फन्ड फेक्ट नेपाल’को नाममा रहेको कृषि विकास बैंकको खाता नम्बर ०२१११०५३२७५९१०२१ मा प्रत्यक्ष तथा अनलाइन माध्यमबाट रकम जम्मा गर्न सकिनेछ। जलनको महँगो उपचार र नेपालमा यसको मृत्युदरलाई ध्यानमा राख्दै कोष स्थापना गरिएको अस्पतालका प्लाष्टिक सर्जरी विभाग प्रमुख डा. किरण नकर्मीले बताए।