ललिता निवास जग्गा प्रकरण
ललिता निवास प्रकरणको अनुसन्धान प्रतिवेदन आज बुझाउँदै सिआइबी
काठमाडौं, भदौ ४ । केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले आज ललिता निवास जग्गा प्रकरणको अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाउने भएको छ ।
आज प्रतिवेदन बुझाउने तयारी भएको सीआईबीका प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज आचार्यले जानकारी दिए । सङ्गठित अपराधको कसुरमा प्रहरीलाई अनुसन्धानको हदम्याद ६० दिन हुने भएकाले भदौ ८ गतेभित्र प्रतिवेदन बुझाइसक्नुपर्ने हुन्छ।
सरकारी वकिलको कार्यालयले सीआइबीले प्रतिवेदन बुझाउन गत शुक्रबारसम्मको समय दिएको थियो । प्रधानमन्त्री निवास बालुवाटारसँगै जोडिएको २९९ रोपनी नौ आना तीन दाममध्ये ललिता निवासको १४३ रोपनी सरकारी जग्गा किर्ते गरी व्यक्तिको नाममा अवैध रूपमा नामसारी गरेको पाइएपछि सिआइबीले गत असार १२ गतेदेखि विस्तृत अनुसन्धान सुरु गरेको थियो ।
प्रकाशित मिति: सोमबार, भदौ ४, २०८० १४:५२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय