काठमाडौं, भदौ ४ । नेप्से पुन: घटेको छ । अघिल्लो दिन उच्च अंकले घटेको नेप्से आज सोमबार पुन १२ दशमलव ९३ अंकले घटेर १९ सय ९८ दशमलव २८ अंकमा सिमित भएको छ । यसैगरी सेन्सिटिभ पनि एक दशमलव ५० अंकले घटेर तीन सय ८२ दशमलव ६२ अंकमा सीमित भएको छ ।
नेप्सेमा आज दुई सय ७२ वटा कम्पनीहरुको ३९ हजार चार सय २५ पटकको कारोबारमा ४१ लाख ६३ हजार आठ सय ७२ कित्ता शेयर किनबेच भएका छन् । सोही किनबेचका आधारमा आज कुल कारोबार रकम एक अर्ब ४० करोड ८९ लाख ८१ हजार छ सय एक रुपैंयाँ पुगेको छ ।
नेप्सेमा आज १३ वटा समुहहरुको कारोबार भएका छन् । ति मध्ये वाणिज्य बैंक, विकास बैंक, फाइनान्स, जलविद्युत, जीवन बीमा, निर्जीवन बीमा, होटल तथा पर्यटन, लगानी, उत्पादनमूलक, लघुवित्त, सामूहिक लगानी कोष, अन्य र ट्रेडिङ सहितका सबै समुहहरुको सूचक घटेर नेप्से पुरै रातो भएको छ ।
कारोबार भएका कुल कम्पनीहरु मध्ये आज लक्ष्मी लघुवित्त वित्तीय संस्था, कुथेली बुखारी स्मल हाईड्रोपावर लिमिटेड, ग्लोबल आईएमई ब्यालेन्स फण्ड १ आदिको शेयर मूल्य बढेका छन् भने मेन्छियाम हाईड्रोपावर कम्पनी लिमिटेड, कृषि विकास बैंकको ऋणपत्र, सिक्लेस हाइड्रो पावर कम्पनी आदिको शेयर मूल्य घटेका छन् ।
यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरुको सुचीमा भने शिवम् सिमेन्ट, नेपाल एसबिआई बैंक आदि परेका छन् ।