Kath khabar
ललिता निवास प्रकरण : पक्राउ परेका १८ जनालाई थप ३ दिन हिरासतमा राख्न अनुमति


                  काठमाडौं, भदौ ४ ।  ललिता निवास प्रकरणमा पक्राउ परेकाहरूलाई अदालतले थप ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ।

जिल्ला अदालत काठमाडौंका न्यायाधीश दीपक ढकालले भाटभटेनी सुपर मार्केटका सञ्चालक मीनबहादुर गुरुङ सहित १८ जनालाई थप ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले साउन ३१ गते थप गरेको म्याद सकिएपछि पुनः म्याद थप मागेको थियो।

प्रकाशित मिति: सोमबार, भदौ ४, २०८०  १७:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update