आज प्रतिनिधिसभाको बैठक बस्दै, एमालेले अवरोध नगर्ने
काठमाडौं, भदौ ५ । आज दिउँसो ३ बजे प्रतिनिधिसभाको बैठक बस्दैछ । लामो समयदेखि प्रतिनिधि बैठकमा अवरोध गर्दै आएको प्रमुख प्रतिपक्षी नेकपा एमालेले आजको बैठकमा भने अवरोध नगर्ने जनाएको छ ।
सत्तारुढ दलहरु सुन तस्करी प्रकरणको छानविनका लागि उच्च स्तरीय समिति बनाउन तयार भएपछि एमाले संसदको अवरोध खोल्न तयार भएको हो । एमाललेले गत साउन १० गतेदेखि सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानविन समितिको माग गर्दै निरन्तर संसद् अवरोध गर्दै आएको थियो ।
समितिको कार्यविधि तय गर्न तीन सदस्यीय कार्यदल बनाइएको छ । उक्त कार्यदलको मंगलबार बस्ने बैठकले कार्यविधि बनाएपछि समिति गठनको औपचारिक निर्णय हुने बुझिएको छ ।
प्रकाशित मिति: मंगलबार, भदौ ५, २०८० १०:०३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय