मुग्लिन-नारायणगढ सडक खण्ड १७ घण्टापछि सञ्चालनमा
चितवन, भदौ ५ । मुग्लिन-नारायणगढ सडक खण्ड १७ घण्टापछि सञ्चालनमा आएको छ । हिजो राति ८ बजेतिर खसेको पहिरोका कारण पुर्ण रूपमा अवरुद्ध भएको सडक आज दिउँसो १ बजेबाट सञ्चालनमा आएको हो ।
पहिरो पन्छाएर सडक दुईतर्फी सञ्चालनमा आएको सडक डिभिजन कार्यालय चितवनले जनाएको छ।
प्रकाशित मिति: मंगलबार, भदौ ५, २०८० १४:०५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय