ललिता निवास प्रकरण : २५० जनालाई मुद्दा चलाउने सिफारिस सहित सीआईबीले बुझायो प्रतिवेदन
यस प्रकरणमा सीआईबीले कांग्रेस नेता विजयकुमार गच्छदार सहित २५० जनालाई प्रतिवादी बनाएर मुद्दा चलाउन राय दिएको छ
काठमाडौं, भदौ ५ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले ललिता निवास जग्गा प्रकरणमा राय सहितको अनुसन्धान प्रतिवेदन मंगलबार जिल्ला सरकारी वकिलको कार्यालयलाई बुझाएको छ।
यस प्रकरणमा सीआईबीले कांग्रेस नेता विजयकुमार गच्छदार सहित २५० जनालाई प्रतिवादी बनाएर मुद्दा चलाउन राय दिएको छ।
गच्छदार सहित पूर्वमन्त्रीहरू चन्द्रदेव जोशी, डम्बरबहादुर श्रेष्ठ, पूर्वराज्यमन्त्री सञ्जय साह, पूर्वसचिवहरू दीप बस्न्यात, छविराज पन्त, दिनेशहरि अधिकारी, नारायणगोपाल मलेगो, युवराज भुसाल सहित सहसचिव, उपसचिव शाखा अधिकृत, सुब्बा र खरिदारसम्मका व्यक्तिलाई प्रतिवादी बनाउन राय दिइएको छ।
प्रकाशित मिति: मंगलबार, भदौ ५, २०८० १४:०३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय