Kath khabar



                   काठमाडौं, भदौ ५ । चर्चित गायक प्रकाश तामाङ तितुङ, र पछिल्लो समयकी सफल गायिका अन्नु चौधरीको स्वरमा ‘गैरी खोला बनैमा’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

बिक्रम तामाङ मलाकीको शब्द तथा संगीत रहेको गीत काठमाण्डौको एक रेस्टुरेन्टमा प्रेसमिटको आयोजना गर्दै सार्वजनिक गरिएको हो । आग्गा लामाको एरेञ्ज तथा अशोक महर्जनको मिक्सिङ रहेको गीत ‘खुइले बाजे’ युट्युब च्यानल मार्फत सार्वजनिक भएको छ ।

बिक्रमको कोरियोग्राफी तथा निर्देशन रहेको म्युजिक भिडियोमा स्वयम् बिक्रम (खुइले बाजे), पछिल्ल्लो समय चर्चित मोडल मिस पवि र उमेश राई (फुलन्देकी आमा) फिचर्ड छन् ।

जातभात भन्दा बढी माया ठुलो भन्ने सन्देश बोकेको गीतमा सेलो भाका र सुदुरपश्चिमको भाकालाई फ्युजन गरिएको छ । सोही अनुसार नै प्रेमिल जोडीको प्रेम सम्बन्धलाई म्युजिक भिडियोमा देखाइएको छ । गीतको भाव अनुसार मिस पवि र बिक्रमको जोडीको जमेको छ ।

कार्यक्रममा बोल्दै गायक प्रकाशले सुदूरपश्चिमको भाका पहिलो चोटी गाउदा फरक अनुभव भएको बताए । त्यस्तै गायिका अन्नुले सुदूरपश्चिमको भाका र सेलो भाकाको गीत गाउने अफर आउने बित्तिकै मनपरेको बताइन् ।

गीत रेकर्डको दिन सम्झिदै अन्नुले भनिन्, 'गाउदापनि एकदमै सहज, एकदमै मिठो मेलोडी ।’ मोडल मिस पविले पनि गीतको शब्द र सङ्गीतको प्रशंसा गर्दै भनिन्, ‘सुदूरपश्चिमेली लवज र सेलोमा एकदमै मिठो लागेको थियो । गीतको शब्द सेलोमा नाच्न आँउदैन, साँच्चिकै मलाई सेलोमा नाच्न आँउदैन थियो ।’

निर्देशन, कोरियोग्राफी र अभिनय एकसाथ गर्न गाह्रो भएको बिक्रमले बताए । उनले भने ‘टिमको साथले सफल भयौ ।’ कार्यक्रममा चर्चित गायक दीपक लिम्बू पनि उपस्थित भएर गीतको सफलताको शुभकामना दिएका थिए ।

बिक्रमको निर्देशन, कोरियाग्राफी र अभिनय रहेको म्युजिक भिडियोलाई दिपेन बस्न्यातले सिनेमाटोग्राफी र एडिटको काम सम्हालेका छन् । यस भिडियोको करल विष्णु खड्काको रहेको छ, भने टार्जन लिम्बुको ड्रोन रहेको छ ।

 

 

प्रकाशित मिति: मंगलबार, भदौ ५, २०८०  १४:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update