काठमाडौं, भदौ ५ । लगातार घटेको नेप्से आज मंगलबार भने उच्च अंकले बढेको छ । नेप्से आज १७ दशमलव ६९ अंकले बढेर दुई हजार १५ दशमलव ९८ अंकमा पुग्न सफल भएको छ । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि तीन दशमलव ३६ अंकले बढेर तीन सय ८५ दशमलव ९८ अंकमा चढेको छ ।
नेप्सेमा आज दुई सय ७७ वटा कम्पनीहरुको ३४ हजार पाँच सय आठ पटकको कारोबारमा ६० लाख ३१ हजार तीन सय ५६ कित्ता शेयर खरिद बिक्री भएका छन् । सो अनुसार आज कुल कारोबार रकम एक अर्ब ३३ करोड २५ लाख ६४ हजार सात सय ६९ रुपैंयाँ पुगेको छ ।
नेप्सेमा आज १३ वटा समुहहरूको शेयर भएकोमा वाणिज्य बैंक, विकास बैंक, फाइनान्स, जलविद्युत, निर्जीवन बीमा, जीवन बीमा, होटल तथा पर्यटन, लगानी, उत्पादनमूलक, लघुवित्त, सामूहिक लगानी कोष, अन्य ट्रेडिङ सहितका सबै समुहहरूको सूचक बढेर नेप्से पुरै हरियो भएको छ ।
कारोबार भएका कुल कम्पनीहरु मध्ये आज कुथेली बुखरी स्मल हाइड्रो पावर लिमिटेड, ग्रीन डेभलपमेन्ट बैंक आदिको शेयर मूल्य बढेका छन् भने लक्ष्मी लघुवित्त वित्तीय संस्था, सुपरमादी हाइड्रोपावर लिमिटेड, लक्ष्मी लघुवित्त वित्तीय संस्था आदिको शेयर मूल्य घटेका छन् ।
यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरुको सुचीमा भने कुमारी बैंकको संस्थापक, शिवम् सिमेन्ट, माछापुच्छ्रे बैंक आदि परेका छन् ।