Kath khabar
१५ वर्षपछि स्वदेश फर्किए थाइल्यान्डका पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्रा

 

              बैंकक, भदौ ५ ।  थाइल्यान्डका पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्रा स्वदेश फर्कनु भएको छ । उहाँ १५ वर्षको स्वनिर्वासन पछि आज बिहान स्वदेश फर्कनु भएको हो । थाक्सिन सिंगापुरबाट निजी विमान चढेर बिहान डन मुआङ विमानस्थलमा उत्रिनु भएको हो ।

आफ्ना पूर्वप्रधानमन्त्रीलाई घरमा स्वागत गर्दा समर्थकहरूले उत्सव मनाइरहेका छन् । उहाँकी बहिनी एवं पूर्व प्रधानमन्त्री यिङ्गलक सिनावात्राले टिकटकमा विमान चढ्दै गरेको एउटा भिडियो समेत पोष्ट गर्नुभएको थियो । थाइल्यान्डमा सन् २००६ मा भएको सैन्य ‘कु’ बाट उहाँ सत्ताच्युत हुनुभएको थियो ।

सन् २००६ सेप्टेम्बरमा उहाँ संयुक्त राष्ट्र सङ्घलाई सम्बोधन गर्ने तयारीका लागि न्युयोर्कमा हुनुहुन्थ्यो । त्यसबेला सेनाले सत्ता कब्जा गरेको थियो । त्यसपछि उहाँ स्वनिर्वासनमा हुनुहुन्थ्यो । उहाँले लामो समय दुबईमा बिताउनु भएको थियो ।

यसअघि थाक्सिनले लामो समय देखि आफू घर फर्कन चाहेको बताउँदै आउनु भएको थियो तर उहाँमाथि विभिन्न आपराधिक आरोप लागेका छन् । स्वदेश आइपुगेका उहाँलाई प्रहरीले पक्राउ गर्न सक्ने सम्भावना पनि छ ।

प्रकाशित मिति: मंगलबार, भदौ ५, २०८०  १६:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update