मन्त्री सुदन किराँतीलाई पितृशोक
काठमाडौं, भदौ ६ । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं संस्कृती पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीलाई पितृशोक परेको छ ।
वीर अस्पतालमा उपचारको क्रममा रहेका किराँतीका बुबा हर्कबहादुर राईको ७६ वर्षको उमेरमा बुधबार बिहान ४ बजे निधन भएको हो । उनको निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ । राई विगत १४ वर्षदेखि प्यारालाइसिसबाट पीडित थिए ।
पिताको निधनपछि मन्त्री किराँतीले बुबाको मृत्युको जानकारी दिदै सामाजिक सञ्जाल मार्फत भनेका छन् -
अब उप्रान्त वुवा आमाको तस्विर आँखामा र पितृत्व र मातृत्व छाति भित्र रहनेछ। आजबाट हामी पूर्ण रुपमा टुहुरो भयौं तर कर्तव्यबाट टुहुरो बन्न मिल्दै मिल्दैन साह्रा नेपाली मेरो आमा बुवा हुन् बाँकि जीवन उहाँहरुको सेवामा लगाउनेछु ।
प्रकाशित मिति: बुधबार, भदौ ६, २०८० १०:५५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय