Kath khabar
विशेष दिनको अवसरमा आज डोलेश्वरमन्दिरका चारै ढोका भक्तजनका लागि बिहानैदेखि खुला

 

                     भक्तपुर, भदौ ६ । भक्तपुरको सिपाडोलमा अवस्थित डोलेश्वर महादेव मन्दिर आज भक्तजनका लागि बिहानैदेखि खुला रहेको छ ।

वर्षको तीन दिन मात्र भक्तजनहरूको लागि खुल्ला हुने केदारनाथको शिर डोलेश्वर मन्दिर, 'डोलेश्वर महादेव नै केदारनाथको शिर भएको घोषणा भएको विशेष दिन' को अवसरमा बुधबार बिहानैदेखि भक्तजनहरूको लागि मन्दिरका चारै ढोका खुल्ला गरिएको हो ।

केदारनाथका पीठाधीश जगतगुरु श्री भीमाशङ्कर लिङ्ग शिवाचार्यले २०६६ भदौ ६ गते डोलेश्वरलाई केदारनाथको शिर भाग भएको घोषणा गर्नुभएको थियो । सोही घोषणा पछि डोलेश्वरको प्रचार भई यहाँको धार्मिक पर्यटनमा टेवा पुगेको छ ।

बुधबार बिहानैदेखि भक्तजनहरूको लागि मन्दिरका चारै ढोका खुल्ला गरिएको केदारनाथको शिर डोलेश्वर महादेव संरक्षण तथा विकास समितिले जनाएको छ ।

मन्दिर वर्षको तीन दिन मात्र सर्वसाधारण भक्तजनहरूका लागि मन्दिरका चारै ढोका खुल्ला हुने र बाँकी दिनमा पुजारीहरूको लागि मात्र मन्दिरको ढोका खुल्ला रहने डोलेश्वर महादेव संरक्षण तथा विकास समितिले जनाएको छ । समितिका अनुसार सो मन्दिर भक्तजनहरूका लागि अक्षय तृतीया, भदौ ६ गते र शिवरात्रिका दिन मात्र भक्तजनहरूको लागि मन्दिर खुल्ला गरिन्छ ।

साथै बुधबार दिउँसो साढे २ बजे श्रावण १ गतेबाट सञ्चालन भएको श्रावणी मेला २०८० समापन हुने कार्यक्रम रहेको छ । डोलेश्वर महादेव नै केदारनाथको शिर भएको घोषणा भएको विशेष दिनको अवसरमा सुर्यबिनायक नगरपालिकाले आज सार्वजनिक बिदा दिएको छ ।

प्रकाशित मिति: बुधबार, भदौ ६, २०८०  ११:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update