Kath khabar
आफूमाथि दुर्व्यवहार गरिएको भन्दै हर्क साम्पाङले दिए प्रहरीमा उजुरी


                  विराटनगर, भदौ ६ । आफूमाथि दुर्व्यवहार गरिएको भन्दै धरानका मेयर हर्क साम्पाङले प्रहरीमा उजुरी दिएका छन् । साम्पाङले वृक्षारोपण गर्न जाँदा अवरोध गर्ने जग्गाधनीविरुद्ध आफूमाथि दुर्व्यवहार गरेको भन्दै प्रहरीसमक्ष उजुरी दिएका हुन् ।

मेयर साम्पाङले रोजिना अधिकारी र रोशन अधिकारीविरुद्ध जाहेरी दिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रभु ढकालले बताए ।

साउन ६ गते शनिबार धरानका मेयर हर्क साम्पाङले धरान बाँझगरा गाविस वडा नम्बर ९ स्थित सर्दु जलाधार क्षेत्रको जग्गामा वृक्षारोपण गरेका थिए । उक्त जग्गामा वृक्षारोपण नगर्न अदालतले दिएको आदेशको बेवास्ता गर्दै पुनः वृक्षारोपण गर्न गएपछि जग्गाधनीले अवरोध गरेका थिए ।

जग्गाधनीले आफ्नो व्यक्तिगत जग्गामा हस्तक्षेप गर्न आएको भन्दै साम्पाङलाई थर्काएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो । भिडियो भाइरल भएसँगै मेयर साम्पाङले २४ घण्टाभित्र मुद्दा हाल्ने चेतावनी दिदै स्टाटस लेखेका थिए । उनले घटनाको विषयमा अनुसन्धान भइरहेको बताए ।


 

 

 

 

 

प्रकाशित मिति: बुधबार, भदौ ६, २०८०  १३:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update