Kath khabar
युरोकपः वेल्स अन्तिम १६ मा, स्वीट्जरल्याण्डको संभावना कायमै

युरोप, असार ७ । इटाली संग एक शुन्य गोलले पराजित भएपनि वेल्स युरोकपको नक आउट चरणमा प्रवेश गरेको छ । वेल्स, गोल अन्तरमा स्विटजल्यान्डलाइ पछि पार्दै समुह ए को उपविजेताका रुपमा अन्तिम १६ मा स्थान बनाएको हो । रोममा भएको खेलमा इटालीले ३९ औं मिनेटमा अग्रता लिएको थियो । उसका लागि मार्को भेराटीको फ्रि किकमा गरेको प्रहारमा माटियो पसिनाले गोल गर्नुभएको हो । सोही गोल इटालीको जीतमा निर्णायक बन्यो ।

पसिनाको इटालीका लागि पछिल्ला तीन खेलमा यो तेस्रो गोल हो । ५५ औं मिनेटमा इथान अम्पाडु सिधै रातो कार्ड खादै मैदान बाहिरिएपछि वेल्स दश खेलाडीमा समेटिएको थियो । यसका बाबजुत पनि वेल्सले यो खेल अघिनै नक आउट पुगेको इटालीलाइ रोक्यो।

वेल्सले समुहको आफ्नो पहिलो खेलमा स्विटजरल्यान्ड संग एक एक गोलको बराबरी खेलेको थियो भने टर्कीलाइ पराजित गरेको थियो । तीन खेलबाट चार अंक जोड्दै समुहको दोस्रो स्थानमा रहेपछि वेल्सले लगातार दोस्रो पटक युरोकपको नक आउट चरणमा स्थान सुरक्षित गर्यो । इटाली शत प्रतिशत नतिजाका साथ समुह विजेता बनेको छ । रोबर्टो मान्सिनीको टोली इटालीको भने यो लगातार ३० औं जीत हो ।

यसअघि सन १९३० मा भिटोरियो पोजोको नेतृत्वमा रहेको इटालीय टिमले ३० खेलमा हार नबेहोरेको रेकर्ड बनाएको थियाो । ३२ गोल गरेको इटालीले पछिल्ला एघार खेलमा क्लिन सिट राखेको छ । २०२० अक्टोबरमा नेशनस लिग अन्तर्गत नेदरल्यान्ड संग एक एक को बराबरी खेलेयता इटालीले गोल नखाएको १ हजार मिनेट पुगेको छ ।

यता स्विजरल्यान्डले, युरोकपको नक आउट चरण पुग्ने संभावना वलियो बनाएको छ । समुहको अन्तिम खेलमा टर्कीलाइ तीन एक गोलले पराजित गरेपछि स्विस टोली अन्तिम १६ नजिक रहेको हो । समुह ए मा रहेको स्विजरल्यान्ड तीन खेलबाट चार अंक सहित तालिकाको तेस्रो स्थानमा छ ।

वेल्स संग अंक बराबरी भएपनि गोल अन्तरका आधारमा स्विजरल्यान्ड पछि परेको हो । बाकु ओलम्पिक स्टेडियममा भएको खेलमा स्विटजरल्यान्डले उत्कृष्ट खेल प्रदर्शन गरेको थियो । खेल सुरु भएको छैटौं मिनेटमानै ह्यारिस सेफेरोभिचले गोल गर्दै खाता खोल्नु भएको थियो । २६ औं मिनेटमा जद्रान साकिरीले अग्रता दोब्बर बनाउनुभयो । सुधारिएको प्रदर्शन गरेको टर्कीले पनि पहिलो हाफमा गोलका अवसर सिर्जना गरेको थियो । तर स्विस गोलकिपर यान सोमरले उत्कृष्ट बचाउ गर्नुभयो ।

६२ औं मिनेटमा इरफान यान केभेचीले गोल गर्दै स्विटजरल्यान्ड संगको दुरी दुई एकमा झार्नुभएको थियो । तर ६८ औं मिनेटमा सकिरीले ब्यक्तिगत दोस्रो गोल गरेपछि स्विजरल्यान्डले नक आउट चरण प्रवेशको आशा जीवीतै राखेको छ । तीनै गोलका लगि स्टेभन जुबेरले पास उपलब्ध गराउनुभएको थियो । समुहका शीर्ष दुई र उत्कृष्ट तेस्रो हुने चार टिमले अन्तिम १६ मा स्थान बनाउने नियम छ ।

लगातार तेस्रो खेल हारेको टर्की भने समुह चरणबाटै बाहिरियो । युरो सुरु हुनु अघि टर्कीलाई डार्क हर्सेस टिमका रुपमा लिइएको थियो । तर युवा टोलीले अपेक्षा गरिएन अनुसारको प्रदर्शन गर्न सकेन् । जारी युरोमा समुह चरणबाट बाहिरिने नर्थ मेसिडोनिया पछि टर्की दोस्रो टोली हो ।

प्रकाशित मिति: सोमबार, असार ७, २०७८  ११:११
प्रतिक्रिया दिनुहोस्
Weather Update