मन्त्रिपरिषद्बाट प्रधानमन्त्री प्रचण्डको न्यूयोर्क भ्रमण स्वीकृत
यही भदौ अन्तिम साता प्रधानमन्त्री प्रचण्ड राष्ट्रसंघको ७९ औँ महासभामा भाग लिन अमेरिकाको न्यूयोर्क जान लागेका हुन् । सेप्टेम्बर १० देखि अमेरिकाको न्यूयोर्कमा महासभा हुँदैछ
काठमाडौं, भदौ ६ । नेपाल सरकार मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको न्यूयोर्क भ्रमणलाई स्वीकृत गरेको छ ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन न्यूयोर्क जान प्रधानमन्त्री प्रचण्डलाई स्वीकृति प्रदान गरेको सरकारकी प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । यो निर्णयसँगै प्रधानमन्त्री प्रचण्ड नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै न्यूयोर्क जान बाटो खुलेको छ ।
यही भदौ अन्तिम साता प्रधानमन्त्री प्रचण्ड राष्ट्रसंघको ७९ औँ महासभामा भाग लिन अमेरिकाको न्यूयोर्क जान लागेका हुन् । सेप्टेम्बर १० देखि अमेरिकाको न्यूयोर्कमा महासभा हुँदैछ ।
प्रकाशित मिति: बुधबार, भदौ ६, २०८० १४:३९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय