काठमाडौं, भदौ ६ । नेप्से उच्च अंकले बढेको छ । आज बुधबार नेप्से २९ दशमलव ४७ अंकले बढेर दुई हजार ४५ दशमलव ४५ अंकमा पुग्न सफल भएको छ । यसैगरी सेन्सिटिभ चार दशमलव ३० अंकले बढेर तीन सय ९० दशमलव २८ अंकमा पुग्न सफल भएको छ ।
नेप्सेमा आज दुई सय ७३ वटा कम्पनीहरुको ४४ हजार तीन सय ४० पटकको कारोबारमा ४२ लाख ३७ हजार ६९ कित्ता शेयर किनबेच भएका छन । सोही किनबेचका आधारमा आज कुल कारोबार रकम एक अर्ब ५१ करोड चार लाख ८८ हजार नौ सय ८४ रुपैयाँ पुगेको छ ।
नेप्सेमा आज १३ वटा समुहहरूको कारोबार भएको मध्ये वाणिज्य बैंक, विकास बैंक, फाइनान्स, जलविद्युत, जीवन बीमा, निर्जीवन बीमा, होटल तथा पर्यटन, लगानी, उत्पादनमूलक, लघुवित्त, सामूहिक लगानी कोष, अन्य र ट्रेडिङ सहितका सबै समुहहरूको सूचक बढेर नेप्से पुरै हरियो भएको छ ।
कारोबार भएका कुल कम्पनीहरु मध्ये आज कुथेली बुखरी स्मल हाइड्रो पावर कम्पनी लिमिटेड, दोल्ती पावर कम्पनी लिमिटेड आदि परेका छन् भने बढी गुमाउने कम्पनीहरुको सुचीमा सिटिजन्स सुपर ३० म्युचुअल फण्ड, मकर जितुमाया सुरी हाइड्रोपावर लिमिटेड आदि परेका छन् ।
यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरूको सुचीमा भने घोराही सिमेन्ट इन्डष्ट्रिज लिमिटेड, आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड आदि परेका छन् ।