Kath khabar
भारतले रच्यो इतिहास, चन्द्रयान-३ को चन्द्रमामा सफल अवतरण


                       काठमाडौं, भदौ ६ । भारतले अन्तरिक्ष विज्ञानको संसारमा इतिहास इतिहास रचेको छ । चन्द्रयान–३ चन्द्रमाको सतहमा सफलतापूर्वक अवतरण भएको छ । योसँगै भारत चन्द्रमामा यान पुर्‍याउने चौथो मुलुक बनेको छ र पृथ्वीको एकमात्र प्राकृतिक उपग्रहको दक्षिण ध्रुवमा पुग्ने पहिलो देश बनेको छ।

नेपाली समयअनुसार साँझ ६ बजेर १८ मिनेटमा चन्द्रयानबाट ल्यान्डर चन्द्रमाको सतहमा पुगेको भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो)ले जनाएको छ । इसरोले ल्यान्डर अवतरणको भिडियो लाइभ गरेको थियो।  यस विशेष अवसरमा प्रधानमन्त्री मोदीले चन्द्रयान–३ को टोली र देशवासीलाई बधाई दिएका छन् ।

यस अभियानअन्तर्गत अहिलेसम्म कुनै पनि देश नपुगेको चन्द्रमाको दक्षिणी ध्रुव क्षेत्रमा उक्त यानले सफल ‘सफ्ट ल्याण्डिङ’ गरेको छ । अमेरिका, पूर्व सोभियत संघ र चीनले चन्द्रमाको सतहमा ‘सफ्ट ल्यान्डिङ’ गरे पनि चन्द्रमाको दक्षिणी ध्रुव क्षेत्रमा ‘सफ्ट ल्यान्डिङ’ भने हुन सकेको छैन।

 

प्रकाशित मिति: बुधबार, भदौ ६, २०८०  १८:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update