Kath khabar
आज यि पाँच प्रदेशमा भारी वर्षाको सम्भावना, अझै तीन दिन झरी पर्ने

 

                      काठमाडौं, भदौ ७ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरमा अवस्थित छ। साथै नेपालमा हाल भारतको  उत्तर प्रदेशको उत्तर पश्चिम क्षेत्रमा अवस्थित न्यून चापीय क्षेत्रको समेत प्रभाव रहेको छ। विशेष गरी कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

हाल देशभर आँशिक देखि सामान्य बदली रही गण्डकी, बागमती, मधेश र कोशी प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ। महाशाखाका अनुसार शुक्रबारसम्म झरी जारी रहनेछ । आज र भोलि यस्तै झरी पर्ने  र शनिबारदेखि पश्चिम क्षेत्रबाट मौसम सुधार हुँदै जाने महाशाखाले जनाएको छ ।

आज दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रहनेछ। सबै प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती,  गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ।

राती पनि देशभर सामान्य देखि पूर्ण बदली रहनेछ। सबै प्रदेशका धेरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जनरचट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ।

शुक्रबार
भोलि शुक्रबार पनि दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रहनेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरू र बाँकी प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित भारी वर्षाको  समेत सम्भावना रहेको छ।

भोलि राती देशभर सामान्य देखि पूर्ण बदली रहनेछ। कोशी र गण्डकी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी र गण्डकी प्रदेशका एक-दुई स्थानहरुमा मेघ गर्जनरचट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ।

शनिबार
यस्तै शनिबार दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानहरू र बाँकी प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित भारी वर्षाको  समेत सम्भावना रहेको छ।

 

प्रकाशित मिति: बिहीबार, भदौ ७, २०८०  ११:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update