Kath khabar
सुनचाँदीको मूल्य बढ्यो

 

                    काठमाडौं, भदौ ७ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।

बुधबार प्रतितोला एक लाख १० हजार छ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज प्रतितोला पाँच सय रुपैयाँले बढेर एक लाख ११ हजार एक सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै आज तेजाबी सुन प्रतितोला एक लाख १० हजार पाँच सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो तेजाबी सुन प्रतितोला एक लाख १० हजार ५० रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, आज बिहिबार चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला ३५ रुपैयाँले बढेर १४ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति: बिहीबार, भदौ ७, २०८०  १२:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update