Kath khabar
अब विद्यार्थीले ५ वर्षसम्ममा नाम, उमेर र जात सच्याउन पाउने

 

                     काठमाडौं, भदौ ७ । सरकारले पाँच वर्षसम्ममा शैक्षिक प्रमाणपत्रको त्रुटि सच्याउन पाउने निर्णय गरेको छ ।

‘उमेर, नाम र जात सच्याउने (तेस्रो संशोधन) नियमावली २०८०’ बुधबार बसेको मन्त्रिपरिषद्ले पारित गरेसंगै शैक्षिक प्रमाणपत्रमा भएको त्रुटि प्रमाणपत्र लिएको पाँच बर्षसम्म सच्याउन पाइने भएको हो।

बुधबार बसेको मन्त्रिपरिषद बैठकले विद्यार्थीले आफ्नो शैक्षिक प्रमाणपत्रमा भएको त्रुटि पाँच वर्षसम्ममा सच्याउन पाउने निर्णय गरेको हो ।

यसअघि शैक्षिक प्रमाणपत्रमा त्रुटि भए प्रमाणपत्र पाएको ६ महिनाभित्र सच्याउन मिल्ने व्यवस्था थियो । जन्मदर्ता, शैक्षिक प्रमाणपत्र तथा नागरिकतामा उमेर, नाम, थरलगायत विवरण फरक परेर विद्यार्थीहरु समस्यामा पर्ने गरेका थिए । यसअघिका विद्यार्थीलेसमेत यो उपनियम प्रारम्भ भएको मितिले १ वर्षभित्र शैक्षिक प्रमाणपत्रको त्रुटि सच्याउनको लागि दरखास्त दिन पाउने व्यवस्थासमेत गरिएको गृह मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति: बिहीबार, भदौ ७, २०८०  १४:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update