अध्यागमन विभागका महानिर्देशक अधिकारी सुन तस्करी प्रकरणमा गृह मन्त्रालय तानिए
काठमाडौं, भदौ ७ । ६० किलो सुन तस्करी प्रकरणमा गृह मन्त्रालयले अध्यागमन विभागका महानिर्देशक झलकराम अधिकारीलाई मन्त्रालयमा तानेको छ।
सुन तस्करीमा पक्राउ परेका दावा छिरिङसँगको सम्बन्धको विषय बाहिर आएपछि अधिकारीलाई गृह मन्त्रालयले छानविनका लागि मन्त्रालयमा तानेको हो । तस्करीमा जोडिएका दावासँगको सम्बन्धको विषय बाहिर आएपछि अधिकारीलाई मन्त्रालयको अतिरिक्त समूहमा ल्याइएको मन्त्रालयले जनाएको छ ।
केही समयअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद भएको ६० किलो सुन प्रकरणमा पक्राउ परेका दावा शेर्पासँग अधिकारीको संवाद बाहिरिएको थियो । तिब्बती मूलका बेल्जियन नागरिक दावा शेर्पा अहिले सोही प्रकरणमा हिरासतमा छन् ।
प्रकाशित मिति: बिहीबार, भदौ ७, २०८० १५:०८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय