काठमाडौं, भदौ ७ । नेप्से उच्च अंकले घटेको छ । आज बिहिबार नेप्से ३१ दशमलव ५२ अंकले घटेर दुई हजार १३ दशमलव ९३ अंकमा सीमित भएको छ । यसैगरी सेन्सिटिभ पनि चार दशमलव ७२ अंकले घटेर तीन सय ८५ दशमलव ५६ अंकमा सीमित भएको छ ।
नेप्सेमा आज दुई सय ७५ वटा कम्पनीहरुको ४० हजार आठ सय पटकको कारोबारमा ४६ लाख ५७ हजार एक सय ३७ कित्ता शेयर खरिद बिक्री भएका छन् । सोही खरिद बिक्रीका आधारमा आज कुल कारोबार रकम एक अर्ब ५५ करोड पाँच लाख ८२ हजार छ सय ८५ रुपैयाँ पुगेको छ ।
नेप्सेमा आज १३ वटा समुहहरूको शेयर कारोबार भएका छन् । जसमध्ये वाणिज्य बैंक, विकास बैंक, फाइनान्स, जलविद्युत, जीवन बीमा, निर्जीवन बीमा, होटल तथा पर्यटन, लगानी, उत्पादनमूलक, लघुवित्त, सामूहिक लगानी कोष, अन्य ट्रेडिङ सहितका सबै समुहहरूको सूचक घटेर नेप्से पुरै रातो भएको छ ।
कारोबार भएका कुल कम्पनीहरु मध्ये कुथेली बुखरी हाइड्रोपावर लिमिटेड, अपर तामाकोसी हाइड्रोपावर लिमिटेड आदिको शेयर मूल्य बढेका छन् भने मुलुङ हाइड्रो पावर कम्पनी लिमिटेड, लिबर्टी इनर्जी कम्पनी लिमिटेड, समता घरेलु लघुवित्त वित्तीय संस्था आदिको शेयर मूल्य घटेका छन् । यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरुको सुचीमा भने सोल्टी होटल लिमिटेड, घोराही सिमेन्ट इन्डष्ट्रिज लिमिटेड, शिवम् सिमेन्ट आदि परेका छन् ।