Kath khabar
संगीतसँग जोडिदै रुस्लानद्वारा “रुस्लान स्टुडियो” को सुरुवात


                   काठमाडौं, भदौ ७ । नेपालको प्रख्यात ब्रान्ड, रुस्लानले यहि २३ अगष्ट २०२३ (भाद्र ६, २०८०) मा एक कार्यक्रम गर्दै रुस्लान स्टुडियोको शुरुवात गरेको छ ।  

रुस्लान स्टुडियो एउटा यस्तो मञ्च हो जसले लाईभ स्टुडियो रेकर्ड सेटिङ संगीतका विभिन्न विधाहरु प्रस्तुत गर्नेछ । सो संगीतहरुको प्रसारण रुस्लान स्टुडियोको युट्युब पेजबाट हुनेछ । कार्यक्रममा नेपालभरका ५० भन्दा बढी लोकप्रिय कलाकार र संगीतकारहरूको प्रस्तुति हुनेछ ।

रुस्लान स्टुडियोको मुख्य उद्देश्य यस अघि नसुनेका धुनका केही लोकप्रिय ट्रयाकहरुमा परिक्षण गरी कलाकार र सङ्गीतकारहरूलाई आफ्नो सांगीतिक फ्युजन र गतिशीलता प्रस्तुत गर्नु हो, जसबाट २५ भन्दा बढी ट्रयाकहरु नयाँ शैलीमा रमाउन सकिने छ ।

रुस्लान स्टुडियोमा सुशान्त केसी, द एक्स ब्यान्ड, स्वप्न सुमन, मिस्टर डी, त्रिशला गुरुङ, सुनिल पण्डित, कुटुम्ब, एकदेव लिम्बु, समिर श्रेष्ठ, झुमा लिम्बु, द एलिमेंट्स, महेश काफ्ले, अनिल सिंह, इमर्ज ब्यान्ड, व्योमा, फोसील, मनिष गन्धर्ब, दिवस गुरूंग, आकाश खड्का, कमल खत्री, आनन्द कार्की, राजा राजेन्द्र, केंजल मेहर श्रेष्ठ, ए एस एमहरुको प्रस्तुति हुनेछ ।  

“रुस्लान र संगीतको सम्बन्ध धेरै अघि देखि परिचित रहँदै आएको छ र यसै मार्फत हामीले रुस्लान एफएममा समय परिषद् नयाँ धुनहरु पेश गर्दै आएका पनि छौ । आगामी दिनमा रुस्लान र संगीतको सम्बन्धलाई अझ दरिलो बनाउने उद्देश्यका साथ नै हामीले रुस्लान स्टुडियोको सुरुवात गरेको हो । हालको यो परियोजनामा हामीले नेपाली कलाकारहरूको बहुमुखी प्रतिभा संगीतको मार्फत पेस गर्दै छौ र सो कलालाई डिजिटल प्लेटफर्म मार्फत एकीकृत गर्ने लक्ष्य राखेका छौ ।” जावलाखेल ग्रुप अफ इण्डष्ट्रिजका ब्रान्ड म्यानेजर श्रय कृष्ण श्रेष्ठले बताउनु भयो ।

रुस्लानले आफ्नो ग्राहकवर्गको खुशियाली, उत्सव, जमघट तथा रमझमको क्षणलाई उत्सवमय बनाउन साथ दिदै आएको छ र रुस्लान स्टुडियोले ब्रान्ड र ग्राहकको सम्बन्ध अझ अटुट बनाउने पनि श्रेष्ठले व्यक्त गरे । रुस्लान स्टुडियोको पहिलो एपिसोडमा सुशान्त केसीको प्रस्तुति रहेको छ ।

प्रकाशित मिति: बिहीबार, भदौ ७, २०८०  १७:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update