काठमाडौं, असार ७ । नेपाल राष्ट्र बैंकमाथि चालुु आर्थिक बर्षमा सरकारको लागि दुुई खर्ब २५ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने दायित्व रहेको छ । सोही दायित्व अनुुरुप राष्ट्र बैंकले चालुु आवको पहिलो चौमासमा ५७ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाईसकेको छ । चालुु आवको दोस्रो चौमासमा पनि सरकारकै लागि राष्ट्र बैंकले ५६ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाईसकेको छ ।
चालु आवको तेस्रो चौमास अर्थात यही असार मसान्तसम्ममा भने राष्ट्र बैंकसंग सरकारको लागि थप एक खर्ब १२ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउनु पर्नेछ । सोही दायित्व पुरा गर्नको लागि राष्ट्र बैंकले असार आठ गते अर्थात भोलि मंंगलबार पुुन १० अर्ब रुपैयाँको मौद्रिक उपकरण (ऋणपत्र उठाउनको लागि बिक्री गरिने बित्तीय योजना) बिक्री गर्ने भएको छ । छ बर्षे अवधिको विकास ऋणपत्र २०८४ “च” नामको यो ऋणपत्र भोलि अपरान्ह तीन बजेसम्म बिक्री हुुनेछ ।
यो ऋणपत्र खरिदका लागि बैक तथा वित्तीय संस्था, गैर-बैक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले आवेदन दिन सक्नेछन् । निष्काशन मिती २०७८ असार नौ गते तोकिएको ऋणपत्रको सावाँ भुक्तानी अवधि विसं २०८४ असार नौ तोकिएको छ । राष्ट्र बैंकका अनुसार यसरी खरिद गरिएको यो ऋणपत्र धितो राखेर कर्जा लिन र दिन समेत पाईनेछ । खरिद गरिएको ऋणपत्रमा अर्धवार्षिकरुपमा व्याज भुक्तानी हुुने र आर्जित व्याजदरमा व्याजकर समेत लाग्नेछ ।
खरीदकर्ता प्रतिस्पर्धी वा अप्रतिस्पर्धीरुपमा सहभागी हुनसक्ने राष्ट्र बैंकले जनाएको छ । बिक्री गरिने कुुल ऋणपत्र मध्येमा प्रतिस्पर्धी र अप्रतिस्पर्धी बोलवालाहरुलार्ई क्रमशः निष्काशित रकमको ८५ र १५ प्रतिशत अर्थात् आठ अर्ब ५० करोड र एक अर्ब ५० करोड छुट्ट्याइएको छ । ऋणपत्र खरिदको लागि न्युनतम सिमा ५० हजार र अधिकतम सिमामा कुल निष्काशित रकमको सीमामा नबढाई ५० हजारले भाग गर्दा निःशेष भाग जाने अंकसम्म तोकिएको छ । राष्ट्र बैंकका अनुसार खरिद गरिएको ऋणपत्रको दोस्रो बजार कारोवार नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मार्फत हुनेछ ।