Kath khabar
निजी जग्गामा जबरजस्ती वृक्षारोपण नगर्न धरानका मेयरलाई उच्च अदालतको आदेश

     

                धरान, भदौ ८ । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङलाई उच्च अदालत विराटनगरले निजी जग्गामा जबरजस्ती प्रवेश नगर्न र धरपकड नगर्न अन्तरिम आदेश दिएको छ ।

बिहीबार उच्च अदालत विराटनगरका न्यायाधीश दिनेशप्रसाद यादवको इजलासले निषेधाज्ञा जारी गर्दै व्यक्तिको जग्गामा प्रवेश नगर्न, थुनामा नराख्न र धरपकड नगर्न अन्तरिम आदेश दिएको हो ।

धरान वडा नं-१ का पूर्व वडा अध्यक्ष रोशन अधिकारीकी श्रीमती रोजिनाले आफ्नो स्वामित्वको जग्गामा मेयर साम्पाङ नेतृत्वमा उपमहानगरपालिकाले जबरजस्ती वृक्षारोपण गरेको भन्दै निषेधाज्ञा माग गर्दै रिट निवेदन दिएकी थिइन्।

‘मुद्दाको अन्तिम टुंगो नलागेसम्म निवेदकको नाममा दर्ता भएको कित्ता नम्बर ४२१ र ३४५ को जग्गामा अनधिकृत प्रवेश र वृक्षारोपण नगर्नु, नगराउनु’ अदालतको आदेशमा भनिएको छ ।

प्रकाशित मिति: शुक्रबार, भदौ ८, २०८०  १४:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update