महिला टी–२० सिरिज : नेपालद्वारा मलेसियासामु ८४ रनको मध्यम लक्ष्य प्रस्तुत
काठमाडौं, भदौ ८ । महिला टी–२० सिरिजअन्तर्गत नेपालले घरेलु टोली मलेसियालाई ८४ रनको मध्यम लक्ष्य दिएको छ । चार देश सम्मिलित महिला टि२० सिरिजमा वर्षाका कारण १८ ओभरमा सीमित गरिएको खेलमा नेपालले सात विकेटको क्षतिमा ८३ रन बनायो ।
मलेसियाको राजधानी क्वालालम्पुरस्थित बायुमास ओभल क्रिकेट मैदानमा मलेसियाले टस जितेपछि बलिङ रोजेको हो । नेपालको लागि कप्तान रुविना क्षेत्री बेलबासेले २६ बलमा २ चौका र १ छक्कासहित सर्वाधिक २३ रनको योगदान दिइन् ।
नेपालले पहिलो खेलमा हङकङलाई ६ विकेटले तथा दोस्रो खेलमा कुवेतलाई ३४ रनले पराजित गरेको थियो । जारी सिरिजमा हालसम्म दुई खेल खेलेको नेपाल अपराजित रहँदै फाइनल नजिक पुगेको छ ।
प्रकाशित मिति: शुक्रबार, भदौ ८, २०८० १४:५९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय