Kath khabar
मलेसियासँग नेपाल ६ विकेटले पराजित, हारका बाबजुद नेपाल फाइनलमा

 

                    काठमाडौं, भदौ ८ । चार देशसम्मिलित महिला टि२० आई सिरिजमा  नेपाल घरेलु टोली मलेसियासँग ६ विकेटले पराजित भएको छ ।

मलेसियासँग हारे पनि नेपाल चार देश सम्मिलित महिला टी–२० शृङ्खलाको फाइनलमा पुगेको छ । नेपाल हारका बाबजुद शीर्षस्थानमा रहँदै फाइनलमा पुग्दा अर्कोतर्फ मलेसिया भने जितका बाबजुद पनि बाहिरिनु परेको छ ।

जितको लागि ८४ रनको लक्ष्य पछ्याएको मलेसियाले १६.२ ओभरमा ४ विकेट गुमाउँदै लक्ष्य भेट्टायो । मलेसियाको जितमा एना हामिजाह हाशिम ३९ बलमा ३ चौकासहित ३७ रनमा अविजित रहिन् । मलेसियाले ओपनर वान जुलिया वान मोहम्मद रशिदलाई ८ र तेस्रो नम्बरकी ब्याटर तथा कप्तान मास एलिसालाई २ रनमै गुमाएको थियो ।

फाइनल पुग्ने दुई टोलीले २०२४ मा ग्लोबल महिला टि२० विश्वकप खेल्न पाउनेछन् । नेपालले पहिलो खेलमा ३१ अगष्टमा मलेसिया, १ सेप्टेम्बरमा बहराइन, ३ सेप्टेम्बरमा भुटान, ४ सेप्टेम्बरमा कतार र ६ सेप्टेम्बरमा युएईसँग खेल्नेछ । फाइनल खेल भोलि शनिवार हुनेछ ।

प्रकाशित मिति: शुक्रबार, भदौ ८, २०८०  १६:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update