Kath khabar
धरानमा आज राति १२ बजे देखि निषेधाज्ञा

 

                 सुनसरी, भदौ ८ ।  स्थानीय प्रशासन कार्यालय सुनसरीले धरानमा निषेधाज्ञा जारी गरेको छ । जिल्ला सुरक्षा समितिको बैठक पछि प्रमुख जुल्ला अधिकारी हुमकला पाणडेले आज राति १२ बजेदेखि भोलि राति १२ बजेसम्म निषेधाज्ञा जारी गरेकी हुन् ।

धरानमा गोरु काटेर खाएको र मन्दिर अगाडि चर्च बनाएको भन्दै केही हिन्दु समर्थकले शनिबार प्रदर्शनको आह्वान गरेका छन् । तर त्यसको प्रतिकारमा समेत उत्रने संभावना देखिए पछि धरानमा निशेधाज्ञा जारी गरिएको प्रशासनले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक प्रभु ढकालका अनुसार धरान प्रवेश गर्ने नाकामा कडाइ गरिएको छ ।

उनले धरान प्रवेश तरहरा, नहडा, झण्डा चोक, पानबारी र भेडेटारमा सुरक्षा सतर्कता बढाइएको बताए । ती स्थानबाट प्रदर्शनमा आउने धरान प्रवेश गर्न दिएको छैन ।

‘हामीले सबैपक्षसँग छलफल गरेका छौं, धरानको आग्रह बाहिरबाट प्रदर्शनमा नआउनुहोस् भन्नेछ,’ ढकालले भने, ‘उच्च सुरक्षा सतर्कता अपनाएका छौं ।’

धरानको प्रदर्शनमा भारतबाट समेत मानिसहरु आउन थालेको सूचनाका आधारमा झापा मोरङ र सुनसरीको सीमा क्षेत्रमा पनि कडाई गरेको प्रहरीले बताएको छ ।

dharan1692963797.jpg

प्रकाशित मिति: शुक्रबार, भदौ ८, २०८०  १७:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update