Kath khabar
सारुक ताम्राकारका पिता सानु ताम्राकारको निधन


                 काठमाडौं, भदौ ९ । वरिष्ठ कलाकार सानु ताम्राकारको निधन भएको छ ।  नर्भिक अस्पतालमा उपचारार्थ उनको शनिबार दिउँसो करिब ३ बजे निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।

केही समयअघि मात्र छोरो गुमाएपछि उनको स्वास्थ्य अवस्था बिग्रिएको थियो । गत असार २१ गते सानुका छोरा सारुक ताम्राकारले आत्महत्या गरेका थिए । यसको १५ दिनपछि उनको किड्नीमा समस्या देखिएको भन्दै नर्भिक भर्ना भएका थिए ।

उनले दर्जनौं फिल्म तथा सिरियलमा काम गरेका छन् । ७४ वर्षको उमेरमा निधन भएका उनले ‘जीवन रेखा, बदलिँदो आकाश, निरमोही, जुन तारा, सुरक्षा, रगत, ज्वालामुखी, जीवन मृत्यु, मन मनै मन पराएँ, भूँइमान्छे, मेरी मामु’ आदि फिल्ममा अभिनय गरेका छन् । स्वास्थ्यका कारण उनले पछिल्लो समय फिल्ममा काम गरिरहेका थिएनन् ।

उनको आइतबार बिहान पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने जनाइएको छ ।

प्रकाशित मिति: शनिबार, भदौ ९, २०८०  १७:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update