Kath khabar
सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेशी आज

 

                   काठमाडौं, भदौ १० । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेशी आज आइतबारका लागि तोकिएको छ ।

काठमाडौँ जिल्ला अदालतमा विचाराधीन रहेको सन्दीपविरुद्धको बलात्कार मुद्दाको अन्तिम बहस पटकपटक स्थगित हुँदै आएको छ । अदालतले आइतबारका लागि पुनः अन्तिम पेशी तोकेको हो । आजको सुनुवाइपछि उनले सफाइ पाएको खण्डमा वा मुद्दाको टुङ्गो नलागेमा आइतबार राति नै एसिया कप खेल्न पाकिस्तान जाने तयारीमा छन् ।

उता बलात्कार मुद्धाकी पीडित गौशाला २६ ले आत्महत्याको प्रयास गरेको भन्दै अस्पताल भर्ना भएकी छन् । पेशीको एकदिन अघि उनले आफ्नै प्रेस्काइब गरिएको औषधीको ओभरडोज सेवन गरेर आत्महत्याको प्रयास गरेको बताइएको छ । एकवर्षदेखि डिप्रेसनको औषधी सेवन गर्दै आइरहेको उनी आफैले सामाजिक सञ्जालमा लेखेकी थिइन् । उनको नर्भिक अस्पतालमा उपचार भइरहेको र स्वास्थ्य अवस्था अहिले खतरामुक्त रहेको स्रोतले बताएको छ ।

उनले सामाजिक सञ्जालमा अस्पतालभित्रको तस्बिर पोस्ट गर्दै ‘बाँच्नभन्दा मर्न गाह्रो’ भनेर लेखेकी थिइन् ।

#सन्दीप_लामिछाने

 

 

 

प्रकाशित मिति: आइतबार, भदौ १०, २०८०  १०:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update