Kath khabar
सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाई न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासमा

 

                 काठमाडौं, भदौ १० ।  क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दाको सुनुवाई काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासमा परेको छ । 

राष्ट्रिय क्रिकेट टीमका स्पिनर सन्दीप लामिछाने विरुद्धको मुद्दामा आज जिल्ला अदालत काठमाडौँमा सुनवाइ हुँदैछ । उक्त मुद्दाको पेशी सूचीमा पाँचौं नम्बरमा परेको छ । यदि आज सुनवाइ सुरु भयो भने एक-दुई दिन मै फैसला आउने बताईएको छ ।

गत साउन ३२ गते स्थगित भएको पेसीमा न्यायाधीस राजुकुमार खतिवडाको इजलासले जाहेरीकर्ता गौशाला २६ कि आमाको दोहोरो जन्ममिति देखिएको भन्दै  उनकी आमाको पनि जन्ममिति स्पष्ट पार्ने कागजात मगाइएको थियो ।

आजको सुनुवाइपछि उनले सफाइ पाएको खण्डमा वा मुद्दाको टुङ्गो नलागेमा आइतबार राति नै एसिया कप खेल्न पाकिस्तान जाने तयारीमा छन् ।

प्रकाशित मिति: आइतबार, भदौ १०, २०८०  ११:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update