अमेरिकाको फ्लोरिडामा अर्को गोलिकाण्डमा ३ जनाको मृत्यु
गोली चलाउनका कारण नखुलेको तर गोली लाग्ने तीनै जना व्यक्ति अश्वेत वर्णका रहेकाले जातीय भेदभाव कारण हुन सक्ने फ्लोरिडाको प्रहरीले जनाएको छ
फ्लोरिडा, भदौ १० । अमेरिकामा एक व्यक्तिले ३ जनालाई गोली प्रहार गरी हत्या गरेपछि आफैँ माथि पनि गोली चलाएका छन् ।
फ्लोरिडामा एक व्यक्तिले एक पसलमा ३ जना व्यक्तिको गोली हानी हत्या गरेपछि आफैँमाथि गोली चलाएका स्थानीय अधिकारीहरुलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । मुखमा मास्क लगाएर गोली चलाउने व्यक्ति २० वर्षका थिए ।
गोली चलाउनका कारण नखुलेको तर गोली लाग्ने तीनै जना व्यक्ति अश्वेत वर्णका रहेकाले जातीय भेदभाव कारण हुन सक्ने फ्लोरिडाको प्रहरीले जनाएको छ । २ जना पुरुष र १ महिला माथि गोली चलाएपछि प्रहरीले उनलाई पक्राउ गर्न खोजेको थियो । लगत्तै उनले आफैँमाथि गोली चलाएका हुन् ।
प्रकाशित मिति: आइतबार, भदौ १०, २०८० १३:३७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय