Kath khabar
ललिता निवास प्रकरणः संगठित अपराधको मुद्दा नचलाउने निर्णय

 

                 काठमाडौं, भदौ १० । ललिता निवास जग्गा प्रकरण संगठित अपराधमा मुद्दा नचल्ने भएको छ । सरकारी वकिलको कार्यालय काठमाडौंले उक्त प्रकरणमा संगठित अपराधको मुद्दा नचलाउने निर्णय गरेको हो । यस प्रकरणमा संलग्नहरुलाई सरकारी कागजात किर्ते गरेको अभियोगमा मात्र मुद्दा चलाइएको छ ।

किर्ते र संगठित अपराधमा मुद्दा चलाउनुपर्ने राय नेपाल प्रहरीको केन्द्रीय अनु्सन्धान ब्यूरो (सीआईबी) ले दिएको थियो । भर्खरै मात्र जिल्ला अदालत काठमाडौँमा किर्तेसम्बन्धी मुद्दा दायर भएको छ । सरकारी वकिलको कार्यालयले किर्तमा मात्रै मागदावी लिने निर्णय गरेको बताइएको छ। कानुन जारी हुनुभन्दा अगाडि नै उक्त प्रकरण भएको हुनाले सरकारी वकिलको कार्यालयले यस्तो निर्णय लिएको बताइएको छ ।

ललिता निवास प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सिआईबी) ले दुई सय ८६ जनालाई प्रतिवादी बनाएर सरकारी वकिलको कार्यालयमा अनुसन्धान प्रतिवेदन पेश गरेको थियो ।

 

 

प्रकाशित मिति: आइतबार, भदौ १०, २०८०  १३:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update