Kath khabar
रास्वपाले उद्योग समितिको सभापतिमा गणेश पराजुलीलाई उम्मेदवार बनाउने

 

                      काठमाडौं, भदौ १० । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले उद्योग समितिको सभापतिमा उम्मेदवारी दिने भएका छन् । प्रतिनिधिसभा अन्तर्गतका १० वटा विषयगत समितिको सभापतिका चयनका लागि हुने निर्वाचनको आइतबार मनोनयन गर्दा प्रक्रिया चलिरहेको छ ।

समिति सभापतिहरुमा सत्तारुढ गठबन्धन र प्रमुख प्रचिपक्षीले भागबन्डा गरेका छन्, जसमा रास्वपा र राप्रपालाई समावेश गरिएको छैन । भागबन्डा नदिएपछि रास्वपाले आफ्नो हिसाबले समिति सभापतिमा उम्मेदवारी दिने तयारी गरेको छ । उद्योग समितिमा रास्वपाका तीन सांसद रहेका छन् ।

आइतबार बिहान १० देखि अपरान्ह ४ बजेसम्म मनोनयन दर्ताको समय तोकिएको छ । निर्वाचन भने भोलि सोमबार हुने कार्यतालिका छ ।

प्रकाशित मिति: आइतबार, भदौ १०, २०८०  १४:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update