Kath khabar
नेप्से राताम्मै, सूचक तथा कारोबार रकम दुबै घटे



                काठमाडौं, भदौ १० । साताको पहिलो कारोबार दिन आज आइतबार नेप्से उच्च अङ्कले घटेको छ । नेप्से आज २० दशमलव ५४ अंकले घटेर १९ सय ९३ दशमलव ३८ अंकमा सीमित भएको छ ।

यसैगरी सेन्सिटिभ तीन दशमलव ४४ अंकले घटेर तीन सय ८२ दशमलव ११ अंकमा सीमित भएको छ । आज नेप्सेमा दुई सय ८० वटा कम्पनीहरुको ३८ हजार छ सय ६६ पटकको कारोबारमा ३८ लाख ९५ हजार दुई सय ३६ कित्ता शेयर खरिद बिक्री भएका छन् । जसअनुसार आज कुल कारोबार रकम एक अर्ब २६ करोड २७ लाख ६७ हजार आठ सय ७६ रुपैंयाँ ५५ पैसा पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार भएको मध्ये वाणिज्य बैंक, विकास बैंक, फाइनान्स, जलविद्युत, लघुवित्त, होटल तथा पर्यटन, लगानी, उत्पादनमूलक, अन्य ट्रेडिङ समुहको सूचक पनि घटेर रातै भएका छन् ।

कारोबार भएका कुल कम्पनीहरु मध्ये आज कुथेली बुखरी स्मल हाईड्रो पावर कम्पनी, स्वाभिमान लघुवित्त वित्तीय संस्था आदिको शेयर मुल्य बढेका छन् भने मकर जितुमाया सुरी हाईड्रोपावर कम्पनी लिमिटेड, भूगोल इनर्जी डेभलपमेन्ट कम्पनी लिमिटेड आदिको शेयर मूल्य घटेका छन् ।

यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरुको सुचीमा भने एसियन लाइफ इन्स्युरेन्स कम्पनी, घोराही सिमेन्ट इन्डष्ट्रिज लिमिटेड आदि परेका छन् ।

प्रकाशित मिति: आइतबार, भदौ १०, २०८०  १५:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update