Kath khabar
शुरु भयो सिँजामा ३ दिने केदारनाथ महोत्सव


               जुम्ला, भदौ १० ।  सिँजाको ऐतिहासिक केदारनाथ महोत्सव शुरु भएको छ। साउन पूर्णिमा, एकादशी केदारनाथको मेला, भारा न्हान्य, गौजो काट्ने वर माग्ने मेला भन्ने मूल नाराका साथ सिँजा गाउँपालिका-४ बारेगाउँनजिकैको केदारनाथ मन्दिरमा महोत्सव आयोजना गरिएको हो। 

३ दिनसम्म सञ्चालन हुने महोत्सवमा स्याउ प्रदर्शनी समेत हुने पालिका अध्यक्ष पूर्णप्रसाद धितालले जानकारी दिए। उनले भने, ‘केदारनाथको ऐतिहासिक तथा धार्मिक महत्व छ। तर, उचित प्रचार प्रसारको अभावमा सधैँ ओझेलमा परिरहेको छ। महोत्सव आयोजना गरेर धार्मिक पर्यटनको केन्द्र बनाउने लक्ष्य राखिएको छ।’

पुर्खाहरूको योगदान, खसहरूको विरासत, भाषा संस्कृतिको जननी, नाथहरूको नाथ, साउनको शुक्ल एकादशी पुण्यकर्म र पर्यटन प्रवर्द्धन गर्न पुगौँ केदारनाथ भन्ने नारासमेत महोत्सवको तय गरिएको छ।

महोत्सवको उद्घाटन कर्णाली प्रदेश सरकारका उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री कृष्णकुमार विसीलगायतका अतिथिले गरेका हुन्।

प्रकाशित मिति: आइतबार, भदौ १०, २०८०  १७:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update