सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेशी आज पनि स्थगित
एसिया कप क्रिकेट प्रतियोगिता खेल्न सोमबार लामिछाने पाकिस्तान जाने
काठमाडौं, भदौ १० । राष्ट्रिय क्रिकेट टिमका स्पिनर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेशी आज पनि स्थगित भएको छ ।
न्यायाधीश प्रकाशकुमार पण्डितको इजलासमा परेको मुद्दा हेर्न नभ्याइनेमा राखेपछि स्थगित भएको हो । पेशी सूचीको पाँचौ नम्बरमा रहेको मुद्दालाई समय अभाव देखाउँदै न्यायाधीसले हेर्न नभ्याउनेमा राखेका हुन् ।
पेशी स्थगित भएपछि लामिछाने एसिया कप क्रिकेट प्रतियोगिता खेल्न सोमबार पाकिस्तान जाने भएका छन् । अब अर्को पेशी भदौ २१ गते तोकिएको छ । एसिया कपको उद्घाटन खेल भदौ १३ गते नेपाल र पाकिस्तानबीच हुँदैछ ।
प्रकाशित मिति: आइतबार, भदौ १०, २०८० २१:०७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय