काठमाडौं, भदौ ११ । काठमाडौं महानगरपालिकाले ढुुसी परेको कोक बेच्ने बिक्रेतालाई १ लाख ५० हजार जरिवाना गराएको छ। काठमाडौंको पुतलीसडकस्थित कालिञ्चोक ट्रेडिङ नेपाललाई महानगरले १ लाख ५० हजार जरिवाना गराएको हो।
शुक्रबार अनुगमनको क्रममा १ थान सिसाको बोत्तलमा ढुसी लागेको कोकाकोला भेटिएको थियो। जार व्यवस्थापन तथा अनुगमन ऐन, २०७७ को दफा २९ को खण्ड ‘ङ’ बमोजिम जरिवना गरिएको महानगरले जरिवाना गर्न काटेको पत्रमा उल्लेख छ।
जरिवाना तिर्न ७ दिनको समय महानगरले दिएको छ। सात दिनभित्र जरिवाना नतिरे आवश्यक कारबाही प्रक्रियामा जाने महानगरले बताएको छ।
‘अखाद्य पदार्थ देखिएका उत्पादन तुरुन्त फिर्ता लैजानु पर्नेछ । सिलबन्दी राम्रो भए नभएको बोतल र डिस्टिब्युटरबाट रिटेलरमा सामग्री दिँदा पूर्णरुपमा चेक जाँच गरेर मात्र पठाउनु होला,’ जरिवाना गरेको पत्रमा उल्लेख छ।