अवैध पटाका कारखानामा विष्फोट हुँदा ७ जनाको मृत्यु
घाइतेको बारासातमा रहेको अस्पतालमा उपचार भैरहेको छ । पश्चिम बंगालमा अवैध पटाका कारखानामा हुने विस्फोटको यो पहिलो घटना भने होइन
पश्चिम बंगाल, भदौ ११ । भारतको पश्चिम बङ्गालको उत्तर-२४ परगना जिल्लाको दत्तापुकुरमा एउटा अवैध पटाका उत्पादन कारखानामा विस्फोट भएको छ । विस्फोटमा परेर कम्तिमा ७ जनाको ज्यान गएको छ ।
अरु केही व्यक्ति घाइते भएका अग्नी नियन्त्रण कार्यालयका अधिकृत आशिष घोषले बताएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । २ तले घरमा भएको विस्फोटमा भवनका मालिक पनि गम्भीर घाइते भएका छन् ।
घाइतेको बारासातमा रहेको अस्पतालमा उपचार भैरहेको छ । पश्चिम बंगालमा अवैध पटाका कारखानामा हुने विस्फोटको यो पहिलो घटना भने होइन । राज्य सरकारले अवैध पटाका उत्पादन रोक्न पर्याप्त कारबाही नगरेको आरोप लाग्दै आएको छ ।
प्रकाशित मिति: सोमबार, भदौ ११, २०८० १५:५८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय