प्रतिनिधिसभाको बैठक बस्दै, प्रधानमन्त्री प्रचण्डसँग प्रश्नोत्तर गर्ने कार्यसूची
काठमाडौं, भदौ १२ । आज प्रतिनिधिसभाको बैठक बिहान ११ बजे बस्दैछ । आजको बैठकमा प्रतिनिधिसभा नियमावली, २०७९ को नियम ५६ बमोजिम प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग प्रत्यक्ष प्रश्नोत्तर गर्ने कार्यसूची रहेको सङ्घीय संसद् सचिवालयले जनाएको छ ।
त्यस्तै, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८० माथि विचार गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्नेछन् ।
प्रकाशित मिति: मंगलबार, भदौ १२, २०८० १०:०२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय