Kath khabar
नेपालमा शाओमी प्याड ६ को नेपालमा प्रि-बुकिङ खुल्ला



                     काठमाडौं भदौ १२ । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले शाओमी प्याड ६ नेपालमा प्रि-बुकिङ खुल्ला गरेको छ । कम्पनीले भदौ १५ गते नेपालमा सार्वजनिक गर्ने तयारी सहित सोमबारदेखी बिहीबारसम्म दराजमा यो फोनको प्रि-बुकिङ खुल्ला गरेको हो । 

यस्तै शाओमीले प्याड ६ सँगसँगै शाओमी प्याड ६ किबोर्ड र शाओमी स्मार्ट पेन सेकेण्ड जेनेरेशन पनि नेपालमा सार्वजानिक गर्ने भएको छ । कम्पनीका अनुसार११ इन्चको डिस्प्ले, क्वालकम स्न्यापड्रागन ८७०, १४४ हर्ट्ज रिफ्रेस रेट, ८८४० एमएएच ब्याट्री भएकोशाओमी प्याड ६ को तौल केवल ४९० ग्राम र ६.५१ मिलिमिटर चौडाई रहेको छ । साथै, आईपी ५३ रेटेड भएकोले यसले कुनै पनि समस्या बिना केही मात्रामा पानी र धुलो पनि ह्यान्डल गर्न सक्छ। इमेल र कल जस्ता कामका लागि प्रयोग गर्न सकिने ट्याब्लेट खोजिरहेका व्यक्तिहरूका लागि शाओमी प्याड ६ एउटा कम्प्याक्ट अल-इन- वान सोल्युशन हो ।

शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर मनु मनस्वीका अनुसार शाओमी प्याड ६ को मूल भागमा शक्तिशाली स्न्याप्ड्रागन ८७० प्रोसेसर छ । स्न्याप्ड्रागन ८७० प्रोसेसरले मल्टिटास्किङ र एप म्यानेजमेन्टको सहज एग्जिक्युशन सुनिश्चित गर्नेछ । शाओमी प्याड ६ को स्ट्राइकिङ २७.९४ सेन्टिमिटर (११ इन्च) को डिस्प्ले मार्फत उत्तम भिजुअल ब्रिलियंस प्राप्त गर्न सकिन्छ । यस्तै यसको १४४ हर्ज रिफ्रेस रेटले सहज एनिमेसन र ट्रान्जिसनको ग्यारेन्टी दिन्छ । साथै यसमा ५५० निट्स (टिपिकल) सम्मको ब्राईटनेस रहेको छ । शाओमी प्याड ६ मा १३ एमपी रियर क्यामेरा र ८ एमपीको फ्रन्ट क्यामेरा रहेको छ ।

शाओमी प्याड ६ नेपालमा मिस्ट ब्लूग्रेफाइट ग्रे गरी दुई रंगहरूमा दुईवटा स्टोरेज भेरियन्टहरूमा ६ + १२८ जीबी र ८+२५६ जीबीमा उपलब्ध हुनेछ ।नेपालमा शाओमी प्याड ६ को  ६+१२८ जीबी भेरियन्टको मूल्य ३९ हजार ९ सय ९९ रुपैयाँ र ८+२५६ जीबी भेरियन्टको मूल्य ४३ हजार ९ सय ९९ रुपैयाँ तोकिएको छ ।

यसैगरी कम्पनीले शाओमी प्याड ६ कीबोर्ड पनि सार्वजानिक गर्ने तयारी गरेको छ । प्रयोगकर्ताहरूले ल्यापटप जसरी प्रयोग गर्न, इमेल संरचना गर्न, कागजात निर्माण गर्न, र नोट-लिने जस्ता कार्यहरू सरल बनाउन सजिलैसँग किबोर्डलाई आफ्नो प्याड ६ मा कनेक्ट गर्न सकिने बताईएको छ । यस्तै कम्पनीले स्मार्ट पेन सेकेन्ड जेनेरेशन अनावरण गरेको छ ।

थ्री-एक्सिस एक्सेलेरोमिटरसँग जोडिएको, यो उन्नत स्टाइलसले शाओमी प्याड ६ लाई कम्प्लिमेन्ट गर्दछ । कम्पनीले सार्वजनिक गरेको शाओमी प्याड ६ किबोर्डको मूल्य ८ हजार ४ सय ९९ रुपैयाँ र शाओमी स्मार्ट पेन सेकेण्ड जेनेरेसनको मूल्य  ९ हजार ९ सय ९९ रुपैयाँ तोकिएको छ । 
 

प्रकाशित मिति: मंगलबार, भदौ १२, २०८०  १०:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update