Kath khabar
भारतले चन्द्रमा पछि सेप्टेम्बर २ मा ‘आदित्य एल-१’ सुर्यमा रकेट प्रक्षेपण गर्ने

 

               बेंगलुरु, भदौ १२ ।  चन्द्रयान-३ मिशनको सफलता पछि भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो)ले सूर्यको अध्ययन गर्ने भएको छ ।

भारतको पहिलो अन्तरिक्ष आधारित अब्जर्भेटरी ‘आदित्य एल-१’, सेप्टेम्बर २ मा बिहान ११:५० बजे श्रीहरिकोटाबाट प्रक्षेपण गरिने भएको छ ।

अन्तरिक्ष एजेन्सीले सोशल मिडिया प्लेटफर्ममा भनेको छ कि सूर्यको अध्ययन गर्ने पहिलो अन्तरिक्ष आधारित भारतीय वेधशाला पिएसएलभी-सी ५७ रकेट मार्फत प्रक्षेपण गरिनेछ।

आदित्य-एल १ मिशनको लक्ष्य एल-१ को परिक्रमाबाट सूर्यको अध्ययन गर्नु हो। यो अन्तरिक्ष यानले सातवटा पेलोड बोक्ने छ, जसले फोटो स्फियर (प्रकाश मण्डल), क्रोमोस्फियर (सुर्यको देखिने सतहभन्दा माथि) र सूर्यको बाहिरी तह (कोरोना) विभिन्न तरंग ब्यान्डमा अवलोकन गर्न मद्दत गर्नेछ।

प्रकाशित मिति: मंगलबार, भदौ १२, २०८०  १२:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update