भक्तपुरमा १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक पुरुष पक्राउ
भक्तपुर, भदौ १२ । भक्तपुरमा १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक पुरुष पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा काठमाडौँको नरेफाट बस्ने ईलाम नगरपालिका-९ घर भएका ५२ वर्षीय सूर्यबहादुर भण्डारी रहेका छन् । उनलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको हो ।
आइतबार दिउँसो सूर्यबिनायक नगरपालिका-९ पलासेस्थित एक रिसोर्टमा भण्डारीले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।
प्रकाशित मिति: मंगलबार, भदौ १२, २०८० १५:०९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय