Kath Khabar
मानव अधिकारकर्मी टेकनाथ बरालको निधनः इन्सेकद्वारा श्रद्धाञ्जली व्यक्त



                    काठमाडौं, भदौ १२ । पोखरामा रही मानव अधिकार तथा सामाजिक न्यायका सवालमा विगत ५ दशकदेखि निरन्तर क्रियाशील मानव अधिकारकर्मी टेकनाथ बरालको ८५ वर्षको उमेरमा भदौ १२ गते  निधन भएको छ ।

बराल सशस्त्र द्वन्द्वको समयमा पोखरामा स्थापना भएको नागरिक समाजको सञ्जालका एकजना संस्थापक तथा पूर्व संयोजकका साथै महिलाविरुद्धको हिंसा, दाइजो विरोधी अभियान, असमानता तथा कुरीतिविरुद्धका सामाजिक पहलका साथै विभिन्न किसिमका विभेदविरुद्ध क्रियाशील हुनुहुन्थ्यो । सशस्त्र द्वन्द्वका क्रममा भएका मानव अधिकार तथा मानवीय कानुनको उल्लङ्घनका घटनाको अनुगमन, लोकतन्त्रको स्थापनाका लागि भएको आन्दोलन, द्वन्द्वपीडितका अधिकारका सवालमा उहाँले भूमिका निर्वाह गर्नुभएको थियो ।

इन्सेकका संस्थापक महासचिव प्रकाश काफ्लेको स्मृतिमा स्थापना गरिएको प्रकाश मानव अधिकार पुरस्कारबाट २०६२ सालमा उहाँलाई इन्सेकले सम्मानित गरेको थियो । इन्सेकले एक विज्ञप्ति प्रकाशन गरी श्री बरालको निधनप्रति दुःख व्यक्त गरेको छ । इन्सेकको अध्यक्ष डा. कुन्दन अर्यालद्वरा हस्ताक्षरित वक्तव्यमा मानव अधिकारको क्षेत्रमा स्व। बरालले पु¥याउनु भएको योगदानका कारण उहाँ सधैँ नेपाली समाजको स्मरणमा रही रहनु हुने उल्लेख छ ।

 

प्रकाशित मिति: मंगलबार, भदौ १२, २०८०  १७:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update