Kath khabar
अरिङ्गालले चिलेर घाइते स्याङ्जाका एलिसको उपचारका क्रममा मृत्यु


               स्याङ्जा, भदौ १३ ।  अरिङ्गालले चिलेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बिरूवा गाउँपालिका वडा नं-१ किचनास बस्ने २२ वर्षीय एलिस मानन्धर रहेका छन् । उनी मामाघर बस्दै आएका थिए ।

मंगलबार साँझ ७ बजेतिर घर नजिकै जंगलमा अरिङ्गाल पोल्न गएका एलिसलाई करिब ६०/७० वटा अरिङ्गालले टोक्दा गम्भीर घाइते भएका थिए ।

उनलाई तत्कालै उपचारका लागि पोखरास्थित गण्डकी मेडिकल कलेजमा ल्याइएकोमा राति १ः३० बजे उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए ।

अरिंगाल पोल्नका लागि एलिससँगै जंगल गएका अन्य ५ जनालाई भने केही नभएको प्रहरीले जनाएको छ । एलिसको ज्यान गएको खबरले सबै आफन्तजन स्तब्ध भएका छन् । मामाघरमा मायाले हुर्किएका एलिसको निधनसँगै मावली परिवार शोकमा छन् ।

प्रकाशित मिति: बुधबार, भदौ १३, २०८०  १२:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update