एसिया कप क्रिकेट : नेपालको राम्रो सुरुवात
काठमाडौं, भदौ १३ । एसिया कप क्रिकेटमा पाकिस्तानसँगको खेलमा नेपालले घरेलु टोली पाकिस्तानका दुबै ओपनरलाई सुरुवातमा आउट गर्दै राम्रो सुरुवात गरेको छ । मुल्तान रंगशालामा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले दोस्रो सफलता हात पारेको छ।
पाकिस्तानले ७ ओभरमा २ विकेट गुमाउँदै २९ रन बनाएको छ । नेपालका लागि करण केसीले पहिलो विकेट लिएका छन् पाकिस्तानका इमाम उलहक ५ रनमा रन आउट भए । कप्तान बाबर आजम ८ र मोहम्मद रिजवान क्रिजमा छन् ।
प्रकाशित मिति: बुधबार, भदौ १३, २०८० १६:१७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय