Kath khabar
एसिया कप : नेपाल पाकिस्तानसँग २३८ रनले पराजित


                    काठमाडौं, भदौ १३ । एसिया कपको उद्धघाटन खेलमा नेपाल घरेलु टोली पाकिस्तानसँग २३८ रनले पराजित भएको छ ।

३४३ रनको लक्ष्य पछ्याएको नेपाल २३.४ ओभरमा एक सय ४ रनमा अलआउट भएको हो । मुल्तान क्रिकेट रंगशालामा टस जितेर पहिला ब्याटिङ रोजेको घरेलु टोली पाकिस्तानले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै ३ सय ४२ रन बनाएको थियो । 

बाबर आजम र इफ्तिकरको शतकीय पारीमा पाकिस्तानले नेपाललाई एसियाकप क्रिकेटको उद्घाटन खेलमा ३४३ रनको लक्ष्य दिएको थियो। 

यो नेपालविरुद्ध कुनैपनि टोलीले ओडिआईमा बनाएको उच्च योगफल हो ।

प्रकाशित मिति: बुधबार, भदौ १३, २०८०  २१:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update