Kath khabar
पेट्रोल, डिजेल र ग्यासको मूल्य बढ्यो

 

                   काठमाडौं, भदौ  १५ । नेपाल आयल निगमले बिहीबार राती १२ बजेबाट लागु हुने गरी इन्धनको मूल्य बढाएको छ । 

भारतबाट पेट्रोलियम पदार्थको मूल्य बढेर आएसँगै नेपाल आयल निगमले पनि पेट्रोल, डिजेल, मट्टितेल र खाना पकाउने ग्यासको मूल्यवृद्धि गरेको हो । निगमका अनुसार पेट्रोल प्रतिलिटर ४, डिजेल र मट्टितेल प्रतिलिटर ३ र एलपी ग्यास प्रतिसिलिन्डर २३५ रुपैयाँ बढेको छ ।

योसँगै मूल्य तेस्रो वर्गमा रहेको काठमाडौं, पोखरा र दिपायलमा पेट्रोलको मूल्य प्रतिलिटर १८२ रुपैयाँ पुगेको छ । हाल प्रतिलिटर पेट्रोलको मूल्य १७८ रहेको छ भने ग्यास प्रतिसिलिन्डर १,८९५ पुगेको छ।

प्रकाशित मिति: शुक्रबार, भदौ १५, २०८०  ०५:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update